हुम्लामा अझै काठेपुलबाटै खोला तर्नुपर्ने बाध्यता
हुम्ला | पुस ११, २०७९
फाइल तस्बिर
हुम्ला: हिमाली जिल्ला हुम्लाका स्थानीयलाई अझै पनि काठेपुलबाट खोला र नदी तर्नुपर्ने बाध्यता कायमै रहेको पाइएको छ । ती खोला तथा नदीहरूमा झोलुङ्गे पुल निर्माण हुन नसकेको कारण स्थानीयले आफ्नै प्रयासबाट निर्माण गरिएको काठेपुल तर्नुपर्ने बाध्यता आइलागेको हो ।
नाम्खा गाउँपालिका–६ को हिमाल पारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमीमा अहिले पनि स्थानीय र चौपाया २५ वटा काठेपुलबाट तर्दै आएको बताउनुभयो । लिमीका ती पुलहरु केही स्थानीयले जनश्रमदानबाट निर्माण गर्नुभएको हो भने केही वडाको बजेटबाट निर्माण गरिएका हुन् । उहाँले लिमीमा मानिस र चौपाया हिँड्न काठेपुल नभई गाडी गुडाउन पनि काठे पुल नै निर्माण गरिएको बताउनुभयो । उहाँले मानिस, चौपाया र यातायातका साधन काठे पुलमा ओहोरदोहोर गर्दा जोखिम भने बढी हुने गरेको बताउँदै बर्सेनि काठेपुल तर्दा चौपाया खस्ने समस्या भोग्नु स्थानीयका लागि सामान्य भएको बताउनुभयो ।
नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा आफ्नो गाउँपालिकाका काठेपुल स्थानीयले तर्दै आएको बताउनुभयो । उहाँले स्थानीयको माग झोलुङ्गे पुल निर्माणको भए पनि कतैबाट सो पुल निर्माण हुन नसकेको पछि बाध्य भएर स्थानीयले काठेपुल निर्माण गरी तर्नु परिरहेको बताउनुभयो । उहाँले अति आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिकाले ध्यान दिने बताउनुभयो ।
सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकायाले आफ्नो गाउँपालिकामा अहिले पनि १५ भन्दा बढी कोठेपुल प्रयोग गर्न स्थानीय बाध्य हुँदै आएको बताउनुभयो । काठेपुल तर्नु पर्दाका जोखिमका बारेमा बताउँदै उहाँले दुई वर्ष अगाडी चुवा खोला क्षेत्रमा एक जना मानिस काठे पुलबाट खसेर मृत्यु भएको बताउनुभयो । चौपाया बोकाएका सामानहरू खस्नु त सामान्य जस्तै भएको बताउँदै उहाँले धेरै मानिस तथा चौपायाको आउजाउ हुने खोलामा झोलुङ्गे पुल निर्माण गर्नु अति आवश्यक भए पनि हालसम्म निर्माण हुन नसकेको कारण स्थानीयले क्षति बेहोर्दै आएको बताउनुभयो ।
यता खार्पुनाथ गाउँपालिकामा यस्ता काठेपुलको सङ्ख्या सत्र, सर्केगार्ड गाउँपालिका २३, चङ्खेली गाउँपालिकामा १९, अदानचसली गाउँपालिकामा ११ र ताँजाकोट गाउँपालिकामा १३ वटा छन् । खार्पुनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले विशेष गरी खोलाहरू र खर्कहरूमा काठेपुलको निर्माण बढी हुने गरेको बताउनुभयो । उहाँले बर्सेनि काठेपुल तर्दा मानवीय र चौपायाको क्षति हुने घटनाहरू भइरहने भएको कारण गाउँपालिका अति महत्त्वपूर्ण स्थानमा झोलुङ्गे पुल निर्माणका लागि पहल गर्ने कार्य भइरहेको बताउनुभयो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

